युवाहरुले जिन्दगीलाई हेर्ने फरक दृस्टिकोण, ती युवाको विदेशी जीवनशैलीप्रतिको क्रेज, युवावस्था र प्रेम सबैको सेरोफेरोमा आधारित चलचित्र “सफर”को ट्रेलर सार्वजानिक गरिएको छ| बरिस्ठ निर्देशक नारायण पुरी उपस्थितमा, अमेरिकाको डलासमा विशेष कार्यक्रम आयोजना गरी ट्रेलर सार्वजानिक गरिएको हो | फिल्म ‘सफर’ युवा फिल्म्सको ब्यानरमा तयार भयको छ|
यो फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा भएको छ जस्मा तीन साथीले तय गर्ने यात्राको कथा समावेश गरिएको छ। फिल्ममा मनन सापकोटा, सञ्जय गुप्ता, शिविर पोख्ररेल र नुरजा श्रेष्ठलाई मुख्य भूमिकामा देख्न सकिन्छ । आशिष श्रेष्ठको सम्पादन र निर्देशन रहेको सफरमा केशव खड्काको कथा छ । असोज १४ बाट नेपाल र अमेरिकामा एकैसाथ प्रदर्शनमा आउने फिल्ममा सत्यराज आचार्य, धर्मेन्द्र सेवान र उज्वल मेघी गुरुङको म्युजिक सुन्न सकिन्छ । गीत भने उत्तम भौकाजी, अर्जुन सुवेदी र उज्वल मेघी गुरुङले लेखेका हुन् ।
https://youtu.be/BsdzGZoXnE4?t=10