
नँया बर्षमा नँया सुरुवातको अवसर पारेर सुगम पोखरेलको नँया गीत “तिमि मेरो जिन्दगि” सार्वजनिक भएको छ ।बि. सं २०७४ भरि नै नेपाल सङ्गीतप्रेमीहरुले सुगम पोखरेलको रोमान्टिक गीतहरु सुनीरहे । “तिमि रोएको पल”, “भन्छु आज” र “ए मेरो हजुर २”को “कसम हो कसम” बोलको गीत त श्रोताहरुले अत्याधिक नै रुचाए ।
राजन तिमल्सिनाको उत्कृष्ट कम्पोज रहेको यो गीतमा सैलेन्द्र प्रधानको एरेन्ज सुन्न सकिनेछ । गीतमा शब्द भने “rs2” को हो । श्याम कार्कीले निर्माण गरेको यो भिडियोलार्इ बार्कोड प्रोडक्सनबाट “मैले माया गर्न जानिन होला” र “को होला त्यो” फेम सतिज श्रेष्ठले निर्देशन गरेका हुन् । म्युजिक भिडियो स्टार सम्पदा बानिया र सुबेचन श्रेष्ठको अभिनय देख्न सकिने यस गीतको भिडियोमा निर्देशक श्रेष्ठले नै उल्लेखनीय vfx गरेका छन् । गीतको मिक्सिंग मास्टरीन्ग भने बिजु कर्माचार्यको रहेको छ