
नेपालका विभिन्न सहरहरुमा ७ देखि १६ बर्षभित्रका गायनमा प्रतिभा भएका १५ सय भन्दा बालबालिकाहरुले अडिशन दिएर अगि बढेको नेपालको पहिलो राष्ट्रिय बाल गायन प्रतियोगीता “सुरशाला आइडल जुनियर” सुरशाला फ़ाउण्डेशन र सुरशाला म्युजिक एकेडेमीको संयुक्त आयोजनामा शुरु भएको हो |जसलाई पतंजली आयुर्वेदले प्रायोजन गरेकोछ l पहिलो चरणमा २०० जना छनोट गरि विभिन्न चरण हुदै टप ८०, ३०, १५ हुँदै १० को छनोट भएको थियो l सुरशालाले छनोट हुने सबै सहभागीहरुलाई बरिष्ठ गुरुहरुदेखी युवा पुस्ताका प्रतिभाशाली संगीत प्रशिक्षक, अग्रज कलाकार, बाद्द्याबादक र निर्णायक ज्युहरु द्वारा म्युजिकको विभिन्न वर्कशप बिशेष तालिम दिदै आएकोछ जसका कारण बाल सहभागीहरुमा निकै परिवर्तन आएकोछ उनीहरुको गायन क्षमताको बिकास मात्र नभएर प्रस्तुतिकरण, परिपक्वताका साथमा ब्यबहारिक जीवनमा पनि यसै कार्यक्रम बाट निकै परिवर्तन देख्न सकिन्छ lकार्यक्रम को निर्णायकज्युहरु लोकप्रिय गायक हेमन्त शर्मा, राज सिग्देल र जुना प्रसाईं हुनुहुन्छ भने यस कार्यक्रमको उद्घोषक बाल गायक अमन प्रधान र मीस टीन इन्टरनेशनल सुप्रिया मास्के हुनुहुन्छ | नेपालका चर्चित अग्रज कलाकारहरु गेस्ट निर्णायक को रुपमा कार्यक्रममा सहभागी हुनुभएको छ l
निकै कठिन परिस्थितिहरु छिचोल्दै आदित्य राज ढकाल , चितवन , आयुष के सी , सिन्धुप्लान्चोक , प्रितम आचार्य , सुनसरी , ममता गुरुङ्ग , पोखरा र स्रजल महर्जन , काठमांडूबाट छनोट हुनुभएका यी टप ५ बाल सहभागीहरुबीच चैतको पहिलो हप्ता ग्रान्ड फाइनल हुदैछ जहा भब्य समारोह बीच पतंजली सुरशाला आइडल जुनियर को बिजेता र पब्लिक चोइस अवार्ड को घोषणा हुनेछ l निर्णायक को मत, यु ट्युबको भोटिंग, सहभागीहरुको अहिलेसम्मको प्रस्तुति र प्रगतिका आधारमा बिजेताको घोषणा गरिनेछ l बिजेताले सुरशालाको तर्फबाट ३ लाख ५० हजार रुपैयाँ बराबरको प्रुस्कार पाउनेछन जसमा नगद, गीत रेकर्डिङ्ग, म्युजिक भिडियो, संगीतको छात्रवृति लगायतछन l यसै गरि दोस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ बराबरको र तेस्रो हुनेले १ लाख ५० हजार बराबरको पुरुस्कार पाउनेछन l यु ट्युब मा सर्वाधिक मन पराइयेका सहभागीले पब्लिक चोइस अववार्ड पाउनेछन जसको पुरुस्कार उही दिन वितरण गरिनेछ l पतंजली को तर्फबाट टप थ्री लाइ बिशेष उपहार, रेबेल क्रियेशन को तर्फ बाट टप १० लाइ म्युजिक एल्बम टप ५ लाइ म्युजिक भिडियो, चर्चित संगीतकार आलोक श्री को तर्फबाट टप ८ लाइ म्युजि एल्बम साथै विभिन्न उपहार प्रदान गरिनेछ l छिमेकि देश संगै संसारभरी हुने विभिन्न बाल कार्यक्रमहरु जस्तै नेपाली बाल प्रतिभाले पनि संगीत को शिक्षा, प्रोत्साहन र अवसर पाउनुपर्दछ l सुरशाला आइडल जुनियरको दोस्रो संस्करण छिट्टै शुरु हुनेछ र कार्यक्रम अझ बृहत हुनेछ जहाँ देशभरबाट धेरै भन्दा धेरै लुकेर रहेका बाल प्रतिभाहरुले सहभागी हुने अवसर पाउनेछन|