
गीतकार सुन्दर पन्तद्वारा रचित “सुन्दर सपना” नामक गीती एल्बम सांगीतिक बजारमा सार्वजनिक भएको छ । असल स्वभाव एवं मृदुभाषीका पर्याय स्रष्टा सुन्दर पन्त एक कुशल शिक्षाविद् समेत हुनुहुन्छ| ८ ओटा गित रहेको उक्त सुन्दर सपनामा अन्जु पन्त, तारावीर पाण्डे,सन्तोष लामा, टंक बुढाथोकी, सन्तोष रजौरे, पुष्प गुरुङ्ग र विजय थापाको स्वर रहेको छ| आधुनिक,लोकपप तथा राष्ट्रिय बिधाका रचनाहरुमा सन्तोष रजौरे,तारावीर पाण्डे,सन्तोष लामा, टंक बुढाथोकी र कल्याण सिंहले संगीत भर्नुभएको छ ।
दिनेश श्रेष्ठको संगीत संयोजन रहेको प्रस्तुत एल्बमलाई आर्टिस्ट नेपालले बजारमा ल्याएको हो । सार्वजनिक भएको छोटो समयमै अत्याधिक चर्चा कमाउन सफल यस एल्बममा गीतकार सुन्दर पन्तको उच्च लेखनशैली महसूस गर्न सकिन्छ ।नागबेली चाल, माया गर्नु पराईलाई, लुकी लुकी, गीतहरुको म्यूजिक भिडियो पनि दर्शकहरुले रुचाईरहनु भएको छ । नेपाली सांगीतिक क्षेत्रमा सुन्दर पन्त जस्ता अब्बल श्रेणीका लेखकहरुको उपस्थिति अनिवार्य छ । मुलुकको कला,संगीत, संस्कृतिका पक्षमा गीतकार सुन्दर पन्तको चिन्तन मननले अग्रगामी दिशा पहिल्याईरहून्, भावी पुस्तालाई एक उदाहरण बन्न सफल हुनुहोस्, उहाँ र उहाँको एल्बमलाई पूर्ण सफलता प्राप्त होस,बधाई अनि शुभकामना ।