लक्ष्मी मल्लको तिजको योजना के के छन् त ? सुन्नुहोस, हेर्नुहोस अनि नाच्नुहोस

बजारमा अनेक थरिका तीज गीत आयका छन्| तीजको अवसर पारेर केहि चर्चा कमाउने केहि भिवर्स बडायर पैसा कमाउने खालका गित धेरै सुन्न पाइन्छ| तर नेपाली कला संस्कृति जोगाउने साच्चै तीज गितहरु कमै आउन थालेको महसुस हुने बेलामा संगीतकार तथा गीतकार श्रीकृष्ण बम मल्लले नया तीज गित तयार पारे “ननाचे बोर हुन्छ (सेल्फी २)” अनि गायिन उनकै धर्म पत्नी लक्ष्मी मल्लले| गत बर्ष सेल्फी बोलको गित चर्चित बनायक यी जोडीले यो बर्ष पनि धुम मच्चाउने पक्का पक्कि जस्तो छ|

laxmi 1ननाचे बोर हुन्छ (सेल्फी २) बोलको उक्त गीतमा तीजको बेलामा के के गर्ने भन्ने कुराहरुलाई मुख्य बिषय बस्तु बनायियको छ |गीतमा दर खाने, नाच गान गर्ने , ननाचे बोर हुने अर्को बर्ष पोहोर हुने, बालाबनाउने, नाच्दा नाच्दै मनको पिर बेथा पोखिन्छ, राम्रो राम्रो साडी किन्ने तर पोहोर कै आइफ़ोनले सेल्फी खिच्ने जस्ता कुराहरु समेटीयको छ| गीतको मौलिकता अनि खारिदै गयको गायकी पनि गीतका आकर्षण हुन्|

कामना डिजिटलको प्रस्तुति रहेको यो गितको भिडियो बब्बु थापाको निर्देशनमा बनेको हो जस्मा करिश्मा, टेरिसा लगायतका कलाकारहरुको नाच हेर्न सकिन्छ| उक्त भिडियोलाई दुर्गा पौडेल अनि पवन गौतमले खिचेर मिलन बि क ले सम्पादन गरि तयार पारेका हुन्|