
धेरै मानिसहरुले सुन्ने र भन्ने गरेको भनाई हो यो । साँचो मायामा मान्छेले आफ्नो ज्यानै दिन र परिआए मर्न समेत पछि पर्दैन भन्ने कुरा एउटा मर्मस्पर्शी गीत र त्यस गीतका लागि बनाईएको म्यूजिक भिडियो मार्फत उजागर भएको छ । आफुले मन पराएको मान्छेको निम्ति आफ्नो जिन्दगानी नै अर्पण गर्न सक्ने मायाको त्यो उचाई साँचो माया गर्नेहरुले मात्रै अनुभूत गर्न सक्दछन् , वास्तविक मायाको रंगले त्यही हृदय रंगिन्छ जुन् हृदयले मायाको निश्चलता अनि साँचोपनको आकाश छुन सकेको हुन्छ र त्यहीँनिर नै त्याग अनि समर्पणको अन्तहीन् अभिव्यक्ति झल्किन्छ । यस्तै यस्तै भाव झल्किने एउटा गीत- ” जुन् साइतमा भएपनि तिम्रै सामु पर्न पाएँ, खुशी छु म आज साह्रै हाँसी हाँसी मर्न पाएँ,” जीवन्त म्यूजिक भिडियो मार्फत सार्वजनिक भएको छ| दिनहूँ सार्वजनिक भैरहने कैयौँ गीतहरु माझ बिल्कुल फरक लाग्ने यस गीतका रचना देवदत्त भट्टले गरेका हुन्,गीत रचनाको अब्बल श्रेणीमा रही बिषयवस्तुको यथार्थतालाई अति नजिकबाट नियालेर तद्अनुरुपको सृजना दिन सक्ने गीतकार भट्टका यस अघि पनि निक्कै ओजनदार गीतहरु सार्वजनिक भैसकेका छन् ।
लोकप्रिय संगीतकार लक्ष्मण शेषको गहकिलो संगीत सृजना तथा युवा पुस्ताका चर्चित गायक रमण रेग्मीको सुमधुर स्वरमा रेकर्ड गरिएको प्रस्तुत – “जुन् साइतमा” बोलको गीतको म्यूजिक भिडियोमा अहिलेका ब्यस्त नायक नायिका पुस्कर रेग्मी तथा बर्षा राउतको प्रमुख भूमिका देख्न सकिन्छ,यी दुबै कलाकारको निखारिएको अभिनय मार्फत गीत जीवन्त बनेको देखिन्छ । भिडियो प्ले भैरहँदा नायकले आफ्नो साँचो मायाको चिनो औँठी नायिकालाई उपहार दिन जाँदै गर्दा दूर्भाग्यस्वरुप अर्कै व्यक्तिको हातबाट नायिकाले औँठी लगाउँदै गरेको दृश्य देख्दाको दृश्यले साँच्चै नै सबैको मन रुवाउँछ, संगसंगै गीतमा गायक रमण रेग्मीको बीच बीचको सांगीतिक आलापले झन् भाव विव्हल तुल्याउँछ । सशक्त गीत रचना सुनिरहँदा एकपछि अर्को हरफमा के कस्तो शब्द रचिएका छन् त्यो सुन्न हतार लाग्ने किसिमको गीत रचना का कारणले समेत भिडियो हेरिरहँदा भिडियो नसकिउन्जेल आँखा हटाउन मन लाग्दैन, पाँच मिनेटको भिडियो पाँच सेकेण्डमै सकिएझैँ लाग्छ ।
निर्देशक निकेश खड्काको निर्देशकिय भूमिका रहेको गीतमा,अर्जुन तिवारीको लोभलाग्दो दृश्य खिचाइ,अनि भरत रेग्मीको उत्कृष्ट सम्पादनले भिडियो साह्रै राम्रो बनेको देखिन्छ । नेपाली संगीतले एउटा अर्को कालजयी सृजना पाएको छ । हाम्रो तर्फबाट पनि यस गीतको पूर्ण सफलताको लागि शुभकामना एवं सम्बन्धित कलाकारको सम्पूर्ण टिमलाई बधाई ।
https://youtu.be/9e2gxLzHbCQ?t=49