
नवगायिका प्रतिक्षा गुरुङ्गको पहिलो संग्रह “प्रतिक्षा”को विमोचन एक भव्य समारोहको बीच सम्पन्न भएको छ । गोरखामा जन्मीएकी पेशाले नर्स र समाजसेवी प्रतिक्षाको विगत नौ वर्ष देखिको साधनाको यो पहिलो कोशेली “प्रतिक्षा”मा ६ वटा गीत समावेश गरिएको छ । जसमा शब्द डा.कृष्ण हरि बरालको र दीप घतनीको साथै संगीत गैरे सुरेशकोे रहेको छ । यस एल्बम “प्रतिक्षा”को सबै गीत को संगीत संयोजन सुमन क्षेत्रीले गरेका हुन् । यो एल्बमको गीतहरु ए वन म्यूजिसियन स्टूडियो, अकेस्टिक स्टूडियोमा रेकडिङ्ग गरेको हो जसमा रेकडिङ्ग साजन शाह र दिप घतानीले गरेका हुन् साथै मिक्सिङ्ग भने किशोर थापा र प्रकाश मिश्रको रहेको छ ।
यस एल्बमबाट दुई वटा म्यूजिक भिडियो तयार गरेको छ । जसलाई कमल राईले निर्देशन गरेका छन् र मेकअप रितु रानाले गरेकी छिन् । विशिष्ट व्यक्तिहरुको उपस्थितीमा आयोजना गरिएको उक्त विमोचन समारोहमा गुरुङ्ग कल्याणकारी समाजका अध्यक्ष टेक बहादुर गुरुङ्ग, बरिष्ठ गितकार तथा लेखक डा. कृष्ण हरि बराल, वरिष्ठ गायिका कुन्ति मोक्तान, चर्चित गायिका रिमा गुरुङ्ग होडा,संगीतकार गैरे सुरेश, गीतकार दिप घतानी,को उपस्थितीमा विमोचन सम्पन्न भयो ।
https://youtu.be/c1EYlasHOeg?t=29