
अमेरिकाको सिकागो सहरमा तरंगको इभेन्ट निमा रुम्बाको भ्यालेन्टाइन बिशेष कार्यक्रममा लामो समय देखि नेपाली गित संगीतमा लागि परेका गायक नारायण गजमेरले “निश्चल” नामक सांगीतिक गीति संग्रह सार्बजनिक गरेका छन्| बिभिन्न गीतकारहरूको शब्दलाई बरिष्ट संगितकारहरूको धुनमा गायक गजमेरको स्वरमा सात वाट गित समबेश गरिएको “निश्चल” नामक सांगीतिक गीति संग्रह सार्बजनिक गरियको हो गितहरु मार्मिक ,सान्दर्भिक र मनोरंजनात्वमक रहेको उनले बताउछन। उक्त कार्यक्रममा ख्याति प्राप्त गायक निमा रूम्बा र अनडिसाइडेड ब्याण्डद्वरा नेपाली गित संगित प्रस्तुत गरिएको थियो।
भौतिक रूपमा बिदेशी भुमीमा रहेता पनि मन नेपालमै रहेको बताउने गायकले नेपाली कला संस्कृतिलाई जोगाई राख्न लागिपरेका छन | बहुमुखी प्रतिभाको धनि उनि निरन्तर रुपले नेपाली गीत संगीतमा अग्रसर रुपमा लागेका छन | गीत संगीतहरु नेपाली दर्शक श्रोताहरुमाझ प्रस्तुत गरेर धेरैको मनमा आफ्नो छुट्टै पहिचान बनाईसेका उनले आफ्नो प्रस्तुतिलाई अझै बढी निखार्दै गईरहेका छन् | नेपाली गित संगितमा निरन्तर रुपमा लागी परेका गायकले सोही एल्बम भित्र रहेको हेप्पी भेलेन्टाईन नामक गितको म्यूज़िक भिडियो भर्खरै युटुबमा रिलिज गरेका छन। दर्शक श्रोताको माया र साथले नै आफुलाई उर्जा मिल्ने र अझै राम्रो प्रस्तुति बाहिर लिएर आउन सक्ने कुरा गायकले बतायका छन्| हाम्रो पनि उहाँलाई मुरी-मुरी शुभकामना र बधाई छ।(रमेश दियाली, सिकागो)
https://youtu.be/eeGVB141tfc?t=5