
नेपाली लोक पप क्षेत्रमा छुट्टै पहिचान बनाइसकेका गायक साहिल खड्काको अर्को उत्कृष्ट एल्बम प्रियसी -२ को दोश्रो गीत “के यो माया हो” रिलिज भएको छ ।साहिल खड्काकै शब्द /संगीत र आवाज रहेको गीतमा अभिनय चर्चित मोडल यालिसा राईले गरेकी छिन भने साहिल खड्कालेनै दिएका छन ।जीवन चौलागाईको निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोको छायांकन भने अनिल के मानन्धरले गरेका हुन् ।सिलन लम्सालको सम्पादनमा भिडियो निर्माण भयको छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।