बाल्टिमोरका चर्चित कलाकारहरुको संयुक्त साँस्कृतिक साँझ

बाल्टिमोर नेपाली कलाकारहरुको बाक्लो बसाई भयको ठाउँ हो| पुराना नाम चलेका देखि उदाउदै गरेका नया पिडिका धेरै कलाकार बाल्टिमोर आसपास बसोबास गर्नुहुन्छ| पहिलो पटक बाल्टिमोरका नेपाली कलाकारहरु एउटै स्टेजमा आफ्ना  लोकप्रिय प्रस्तुति सहित देखिने भएका छन् | यहि आउँदो फेब्रुअरी १९ तारीखका दिन साँझ ८ बजे देखि १२ बजे सम्म माउण्ट एभरेष्ट रेस्टुरेण्ट, बेल एर, बाल्टिमोरमा | यो कार्यक्रम निस्वार्थरुपमा कलाकारहरुले एउटा होनहार युवालाइ बचाउनका लागि आयोजना  गरेका हुन्| उक्त युवा हुन् राम्रो गिटार बजाउने समीर गुरुंग जो डिसेम्बर २ तारीख राति ११:१५ बजेपछि काम सकेर घर फर्कने क्रममा कार दुर्घटनामा  घाईते भएर आजसम्म अस्पतालको बेडमा छन | समिरकी  १९ बर्षीय श्रीमती र एक ७ महीनाका छोरा छन | यहां उनीसंग बुबा र दीदीहरु पनि छन | समीर १० बर्षको हुदा उनकी आमाको निधन भएको थियो | समीरका बुवा “छिनको छिनैमा र मिर्मिरेमा भाले बासेको” लगायतका थुप्रै चर्चित गीतका गायक श्याम गुरुंग हुनुहुन्छ | श्याम गुरुंग बाल्टीमोरमा लामो समय बिताएका सहयोगी नेपाली युवा हुनुहुन्छ | बाल्टीमोर बसाईका क्रममा श्यामले धेरै नेपालीलाई काम लगाउन सहयोग गर्नुका साथै नेपालीका दुख सुखमा हातेमालो गर्दै आउनु भएको छ |
Find More …

टिका गोपाल संगीत छात्रबृती, यो बर्ष ममता र गणेशलाई ।

 

नेपालि गित संगीतको उत्थान तथा प्रबर्दन गर्नका लागि चर्चित गायक जोडी कन्हैया सिंह र अन्जना गुरुङ्गले  २०७० सालमा ‘टिका गोपाल डिजिटल एम कृएसन प्रा. लि.’,  स्थापना गरेका हुन्|  गायक कन्हैया सिंहकि स्वर्गिय माता टिका माई परियार र पिता गोपाल सिंह परियारको समझनामा यसै बर्ष देखि “टिका गोपाल संगीत छात्रबृती कोष”को इस्थापना गरेको छ उक्त कोषको सम्योजकमा कन्हैया सिंहकी बहिनी र कम्पनिकी बजार ब्यवस्थापक गिता परियार छन् भने प्रमुख छनौट समितिका दुइ निर्णायकमा संगीतकार सन्तोष श्रेष्ठ र गितकार एवम पत्रकार सुमन बैरागी हुनु हुन्छ । Find More …

 प्रधानमन्त्री प्रचण्डको हातबाट गीतकार जोशीको एल्बम ‘श्रावणी’ सार्वजनिक 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँफु पनि संगीतको पारखी भएको बताएका छन् । गीतकार श्रवणकुमार जोशीको एकल शब्द रहेको एल्बम ‘श्रावणी’ बिमोचन गर्दै प्रचण्डले भने आँफुले सबैभन्दा बढी गीत संगीत पढ्ने समयमा सुनेको बताए । गीतकार जोशी ब्यबसायीका अलावा राम्रा गीतकार भएको समेत तर्क गरे । सङीतकार सुनिल मास्केको एकल सङीत तथा शिव परियार र मीलन अमात्य को संयुक्त स्वर रहेको एल्बम श्रावणीको बिमोचन गरिएको छ​।

Find More …

दिलिप योन्जन तामाङको तेस्रो एकल गीती एल्बम “अजम्बरी” लोकार्पण

15086822_10207694506137470_327905385_nगीतकार एवं समाजसेवी दिलिप योन्जन तामाङको तेस्रो एकल गीती एल्बम “अजम्बरी”को लोकार्पण गरिएको छ । मिनभवन स्थित पानस रेस्ट्रोमा एक कार्यक्रम बिच वरिष्ठ गीतकार डा. कृष्णहरी बराल ,संगीतकार संघका अध्यक्ष वरिष्ठ संगीतकार लक्ष्मण शेष लोकप्रिय गजलकार बिपिन किरण एवं गीतकार योञ्जनका दाजु अमृत योञ्जन र संचारकर्मी मनोज बिष्टले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । Find More …