बाल्टिमोरका चर्चित कलाकारहरुको संयुक्त साँस्कृतिक साँझ

बाल्टिमोर नेपाली कलाकारहरुको बाक्लो बसाई भयको ठाउँ हो| पुराना नाम चलेका देखि उदाउदै गरेका नया पिडिका धेरै कलाकार बाल्टिमोर आसपास बसोबास गर्नुहुन्छ| पहिलो पटक बाल्टिमोरका नेपाली कलाकारहरु एउटै स्टेजमा आफ्ना  लोकप्रिय प्रस्तुति सहित देखिने भएका छन् | यहि आउँदो फेब्रुअरी १९ तारीखका दिन साँझ ८ बजे देखि १२ बजे सम्म माउण्ट एभरेष्ट रेस्टुरेण्ट, बेल एर, बाल्टिमोरमा | यो कार्यक्रम निस्वार्थरुपमा कलाकारहरुले एउटा होनहार युवालाइ बचाउनका लागि आयोजना  गरेका हुन्| उक्त युवा हुन् राम्रो गिटार बजाउने समीर गुरुंग जो डिसेम्बर २ तारीख राति ११:१५ बजेपछि काम सकेर घर फर्कने क्रममा कार दुर्घटनामा  घाईते भएर आजसम्म अस्पतालको बेडमा छन | समिरकी  १९ बर्षीय श्रीमती र एक ७ महीनाका छोरा छन | यहां उनीसंग बुबा र दीदीहरु पनि छन | समीर १० बर्षको हुदा उनकी आमाको निधन भएको थियो | समीरका बुवा “छिनको छिनैमा र मिर्मिरेमा भाले बासेको” लगायतका थुप्रै चर्चित गीतका गायक श्याम गुरुंग हुनुहुन्छ | श्याम गुरुंग बाल्टीमोरमा लामो समय बिताएका सहयोगी नेपाली युवा हुनुहुन्छ | बाल्टीमोर बसाईका क्रममा श्यामले धेरै नेपालीलाई काम लगाउन सहयोग गर्नुका साथै नेपालीका दुख सुखमा हातेमालो गर्दै आउनु भएको छ |

यस्तो पबित्र कार्यमा उपस्थित भई यो ऐतिहासिक कार्यक्रमलाई सफल बनाई दिनु हुन, बाल्टिमोर मेरिलेण्डका कलाकारहरुले सम्पूर्ण नेपाली समुदायलाई हार्दिक आग्रह गरेका छन् | यस्तो पुण्य कार्यमा उपस्थित हुनुले कलाकारमा हौसला बढ्नुका साथै उपचारार्थ खर्च पनि जुटाउनमा पनि सहयोग मिल्छ | समीरको स्वास्थ्य उपचार कोषको परोपकारी कार्यका लागि सबै कलाकारहरु एकजुट हुने भएको अवस्थामा बाल्टिमोर आसपासका नेपाली समुदाय पनि एकजुट भयर उपस्थिति जनौनेहो भने यसले एउटा राम्रो संदेश दिने र आगामी दिनमा पनि कसैलाई आपत बिपत पर्दा सहयोग जुटाउन अलि सहज हुने तर्क अभियन्ता गायक कन्हैया सिंहको रहेको छ|

अन्य ठाउमा बस्नुहुने मनकारी जो कोहिले पनि समीरको उपचार खर्चमा सहयोग गर्न go fund me बाट पनि सक्नु हुन्छ| कार्यक्रमको सफलता अनि घाइतेको स्वाथ्य सुधारको कामना सुरपर्दाको तर्फबाट|