शिव पलाँसका गीत पुस्तकमा

माया गर्नुको अर्थ, आगो भन्ने जान्दा जान्दै, गन्दै जाँदा पिरतीमा जस्ता लोकप्रिय गीतका सर्जक शिव पलाँसको गीत संग्रह बजारमा आएको छ । ‘अनेसास शब्द सारथि’ कार्यक्रमबाट  कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा अग्रज गीतकार, समालोचक डा कृष्णहरि बरालले पलाँसका गीतमा रुपक, अलंकार, बिम्ब, प्रतीक, सँगसँगै कला र शिल्पको लोभलाग्दो तालमेल भएको बताए । विभिन्न भावका सर्वकालिक गीत पलाँसको कृतिमा रहेको बरालले उल्लेख गरे । उनले भने, ‘पलाँस महात्वपूर्ण गीतकार रुपमा स्थापित भएका छन् । उनका गीतमा प्रेम, मिलन, विछोड, देशभक्ति, समाजको चित्रण त छँदै छ, विसंगत जीवनदृष्टिसमेत आएको छ ।’ साहित्यकार डा. ऋषि बस्ताकोटीले पलाँसका गीत पढ्दा नै गीत भएको महसुस गराउने, लय र अन्तध्र्वनि समाहित भएको उल्लेख गरे । उनले पलाँसका कतिपय गीत दिमाग खल्बल्याउने र मुटु झस्काउने खालका भएकोसमेत टिप्पणी गरे । सरल तर बिम्बात्मक शब्दमा गहन मनोविज्ञान हुनु पलाँसको विशेषता भएको उनको ठम्याइँ छ । Find More …